२२ जेठ २०८३, शुक्रबार

ईसेवा मनि ट्रान्सफरले बम्पर उपहार विजेतालाई दियो स्कुटी

मंसिर २४, २०७८
ईसेवा मनि ट्रान्सफरले बम्पर उपहार विजेतालाई दियो स्कुटी

ईसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनाअन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । 

यस योजनाअन्तर्गत विदेशबाट ईसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौंमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्णप्रसाद शर्मा’ विजेता घोषणा भएका थिए । शर्माले रेमिट्लीबाट ईसेवामनी ट्रान्सफरमार्फत् नेपालमा पैसा सीधै बैंक डिपोजिट गरेका थिए । विजेता स्वीडेनमै रहेकाले उनका प्रतिनिधिले उपहार लिएका थिए । 

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण ईसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए । असोज २ गतेबाट शुरू भएर मंसिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी’ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजेरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो । 

हाल ईसेवामनी ट्रान्सफरको सेवा २६ अन्तर्राष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्