१२ साउन २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

निधिको प्रस्ताव– रामचन्द्र पौडेललाई सर्वसम्मतरूपमा सभापति बनाऔं

मंसिर २४, २०७८
निधिको प्रस्ताव– रामचन्द्र पौडेललाई सर्वसम्मतरूपमा सभापति बनाऔं

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टी सभापति बनाउन प्रस्ताव गरेका छन् ।

पार्टीको १४ औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन शुक्रवार राजधानीमा कार्यकर्तालाई सम्बोधन गर्दै निधिले शेरबहादुर देउवाको समेत समर्थनमा पौडेल सभापति बन्ने अवस्थामा आफू पछाडि हट्न तयार रहेको बताएका हुन् ।

वरिष्ठ नेता पौडेललाई सभापति बनाउँदा वृहत् एकताको सन्देश जाने उनको भनाइ थियो । सर्वसम्मत सभापति चुनिने अवस्थामा बाहेक आफ्नो उम्मेदवारी कायम रहने निधिले बताए ।

१३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई दह्रो साथ दिएका निधि अहिले देउवासँग विद्रोह गर्दै आफैं उम्मेदवार बन्ने लाइनमा छन् ।

आफ्नो समूहबाट समेत सर्वसम्मत उम्मेदवार बन्न नसकेपछि निराश बनेका पौडेल महाधिवेशन उद्घाटन समारोहमा समेत सहभागी नहुन सक्ने चर्चा समेत चलेको छ ।

सो चर्चाका बीच निधिले पौडेललाई फोन गरेर उद्घाटन समारोहमा सहभागी हुन आग्रह पनि गरेको कांग्रेस स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्