१६ असार २०८३, मंगलबार

लिङ्देनले नेतालाई चोर भन्छन् भनेपछि प्रचण्डको खण्डन– त्यस्तो हो त ? होइन, गलत

मंसिर २४, २०७८
लिङ्देनले नेतालाई चोर भन्छन् भनेपछि प्रचण्डको खण्डन– त्यस्तो हो त ? होइन, गलत

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको भन्दै दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले लिङ्देनको अभिव्यक्ति गलत भएको बताए ।

'एक जनाले भन्नुभयो, नेता आउँदा चोर आयो भन्छन् । के त्यस्तो हो त ? होइन, गलत हो,' प्रचण्डले भने, 'यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल, लोकतन्त्रका निम्ति लडेका नेतालाई बदनाम गर्न खोजिन्छ, त्यसलाई तानाशाही ब्यूँताउने षड्यन्त्र हो भनेर बुझिन्छ ।'

उनले निरंकुशताविरुद्ध एवं तानाशाहीविरुद्ध दलहरू एकजुट भएर लडेको स्मरण समेत गरे ।

कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले नेता आउँदा जनताले चोर आए भन्न थालेको भन्ने अभिव्यक्ति दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्