०७ असार २०८३, आइतबार

कांग्रेस महाधिवेशनको बन्दसत्र केहीबेरमा शुरू हुँदै

मंसिर २४, २०७८
कांग्रेस महाधिवेशनको बन्दसत्र केहीबेरमा शुरू हुँदै

नेपाली कांंग्रेसको १४औं महाधिवेशन अन्तर्गत उद्घाटनसत्र सकिएपछि केहीबेरमा बन्दसत्र शुरू हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा उद्घाटनसत्र सकिएलगत्तै केहीबेरमा बन्दसत्र शुरू हुने जानकारी दिइएको छ ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बन्दसत्रबाटै नेतृत्व चयनका लागि हुने निर्वाचन सम्बन्धी कार्यक्रम अगाडि बढ्नेछ ।

आवश्यक निर्णयहरू शुक्रवारै साँझ बन्दसत्रबाट गरेर शनिवार निर्वाचन कार्यक्रम शुरू गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
 

कमेन्ट गर्नुहोस्