१६ असार २०८३, मंगलबार

हाकिमबाट हैरान महिलाले गरिन् कम्पनीमा हंगामा, १४ करोडको घाटा

मंसिर २५, २०७८
हाकिमबाट हैरान महिलाले गरिन् कम्पनीमा हंगामा, १४ करोडको घाटा
प्रतिकात्मक तस्वीर

कतिपय कर्मचारी हाकिमको व्यवहार सहेर बसेका हुन्छन् । छुचो व्यवहार गर्दा समेत जागिरको लोभमा कर्मचारीले सहेर बस्नुपरेको हुन्छ ।

तर थाइल्यान्डमा भएको एक घटनामा महिला कर्मचारीले हाकिमको व्यवहारबाट दिक्क भएर कम्पनीलाई १४ करोड घाटा लाग्ने काम गरेकी छन् ।

हाकिमको व्यवहारबाट दिक्क भएकी महिलाले इन्धन भण्डारण कक्षमा आगो लगाइदिएकी छन्, जसबाट कम्पनीलाई १४ करोड बढी घाटा भएको छ ।

गत ९ वर्षदेखि कम्पनीमा काम गरिरहेकी ३८ वर्षीया एन श्रिया आफ्ना ६५ वर्षीय हाकिमको व्यवहारबाट दिक्क थिइन् । यत्तिकैमा यी महिलाले कम्पनीको भण्डारण पक्षमा आगो लगाइन् । आगो नियन्त्रण गर्न ४० भन्दा बढी दमकल र आपतकालीन सेवा परिचालन हुँदा ४ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले प्रहरीमा आफ्नो अपराध स्वीकार गरेकी छन् भने यसको कारण हाकिम भएको बयान समेत दिएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्