०७ असार २०८३, आइतबार

कांग्रेस संस्थापन पक्षले टुंग्यायो सहमहामन्त्रीका उम्मेदवार

मंसिर २५, २०७८
कांग्रेस संस्थापन पक्षले टुंग्यायो सहमहामन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्रीका उम्मेदवारहरू टुंग्याएको छ । 

जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मान विश्वकर्मा, मधेशीबाट महिन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठोर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय उम्मेदवार बन्ने तय भएको हो । 

संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापति, उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्री भने टुंगिन बाँकी छ । 

कमेन्ट गर्नुहोस्