२९ असार २०८३, सोमबार

प्रकाशमान प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेपछि विश्वप्रकाशले भने- लगातार तीन निर्वाचन जित्ने पार्टी बनाउँछौं

मंसिर २५, २०७८
प्रकाशमान प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेपछि विश्वप्रकाशले भने- लगातार तीन निर्वाचन जित्ने पार्टी बनाउँछौं

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले लगातार तीनवटा चुनाव जित्नका लागि सबल नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले कांग्रेसको घरभित्रको प्रतिस्पर्धालाई स्वच्छ प्रतिस्पर्धाको रुपमा लिएको बताए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिवार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै शर्माले लगातार तीनवटा चुनाव जित्ने नेतृत्व जरुरी रहेको बताएका हुन् । ‘कांग्रेसको महाधिवेशनमा घरभित्रको प्रतिस्पर्धा हो, अहिले जसरी कांग्रेसको पक्षमा राष्ट्रव्यापी लहर छ । मैले महामन्त्री घोषणा गर्दा एउटा चुनाव जित्ने र अर्को हार्ने चुनाव जितेर पुगेन लगातार तीनवटा चुनाव जित्न सक्ने सबल नेतृत्व जरुरी भनेको थिएँ, स्टेट फरवार्ड नेता प्रकाशमान सिंह हो, उहाँको साथमा हामी उभिएका छौं,’ शर्माले भने । 

संस्थापन पक्षबाट महामन्त्री उम्मेदवार बन्न नसकेपछि शर्मा प्रकाशमानको प्यानलमा पुगेका हुन् । प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्