
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनाको केन्टकीका गभर्नरले शनिवार पुष्टि गरेका छन् ।
स्थानीय समयअनुसार शनिवार बिहानै शुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताए ।
‘केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरका भन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन् । थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ,’ उनले भने ।
मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ ।
सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।
मेफील्डबाट सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीर तथा भिडियोहरूले आँधीले भवनहरू टुक्रा–टुक्रा पारेको देखाइएको छ । आँधीपछि सडकमा फलाम, रूख र इटाका टुक्राहरू छरिएका छन् ।
अमेरिकी समाचार च्यानलहरूमा सम्प्रेषित दृश्यचित्रहरूमा आँधीले धुलोको कालो मुस्लो जमिनबाट माथिसम्म उडाएको देखाइएको छ ।
बेशरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताए । त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उनले बताए । - रासस/एएफपी