३१ जेठ २०८३, आइतबार

सुदूरपश्चिममा थप एकको मृत्यु, तीन जनामा सङ्क्रमण

मंसिर २५, २०७८
सुदूरपश्चिममा थप एकको मृत्यु, तीन जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा शनिबार थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टीजेन विधिबाट २९२ जनाको नमूना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पिसीआरमार्फत एक र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक  अस्पतालमा एक र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यसअघि शुक्रबार यस प्रदेशमा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६११ जनाको ज्यान गइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्