३१ जेठ २०८३, आइतबार

पश्चिमाञ्चल यातायात समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी

मंसिर २६, २०७८
पश्चिमाञ्चल यातायात समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन् ।

समितिको २१औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशन अन्तर्गत शनिवार भएको निर्वाचनबाट ४५८ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी टिकाराम गौतमले ३९७ मत प्राप्त प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की विजयी भएका छन् । उनले ४७८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कमल घिमिरेले ३७८ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा हरिप्रसाद कंडेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनको मतपरिणामअनुसार कंडेल ४६६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जितबहादुर भाट ‘जितु’ले ३७५ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा कूल १ हजार २३ मतदातामध्ये ८६५ मत खसेको थियो । उपाध्यक्ष खुलातर्फ खगराज गौतम ‘बा’ विजयी भएका छन् । उनी ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सिद्धार्थ उदयले ३८८ मत प्राप्त गरेका छन् ।

रुपन्देही उपाध्यक्षमा गणेश घिमिरे र लक्ष्मण गैरे ‘नेताजी’ विजयी भएका छन् । उनीहरूले त्रमशः ५०९ र ४४६ मत प्राप्त गरेका छन् । रुपन्देही उपाध्यक्षका प्रत्यासीहरू गोपालप्रसाद न्यौपानेले ३७६ तथा डिल्लीराम रिजाल ‘अंकल’ले ३५१ मत प्राप्त गरेका छन् ।

समितिको कोषाध्यक्षमा हरिप्रसाद रिमाल विजयी भएका छन् । उनले ४९८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गेहेन्द्रराज न्यौपानेले ३६६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा अर्जुनकुमार भुसाल विजयी भएका छन् । उनले ४३० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी बसन्त खड्काले ४१८ मत प्राप्त गरेका थिए । 

नवलपरासी उपाध्यक्षमा गुप्तबहादुर केसी ‘राजु’ विजयी भएका छन् । उनले ५०८ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी ओमकान्त तिमिल्सिनाले ३४१ मत प्राप्त गरेका छन् ।

गुल्मी, पाल्पा र स्याङ्जा उपाध्यक्षमा कृष्ण ठकुरी विजयी भएका छन् । उनले ४६० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी बहादुर बिसी ‘गोविन्द’ले ३७९ मत प्राप्त गरेका छन् । 

उपाध्यक्ष काठमाडौं सेक्टरमा रमेशकुमार फौजदार विजयी भएका छन् । उनले ४३२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी देवेन्द्र बानियाँले ४२० मत प्राप्त गरेका छन् ।

सदस्यहरूमा यमबहादुर जिसी (५२०), कृष्णबहादुर कंडेल (५११), गोपाल लम्सार (४८३), सोभाकान्त पाण्डे (प्रदिप) (४७२), कृष्णबहादुर राना मगर (४६४), अर्जुनबहादुर कुँवर (४३५), शंकरप्रसाद लम्साल (४२६), उत्तम केसी (४२५), अशोक कुँवर (४२१) र ज्ञानेन्द्रबहादुर रेश्मी (४११) विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्