
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्यान्डल शनिवार मध्यराति 'ह्याक' भएको छ ।
भारतीय समयअनुसार राति २ः११ बजे मोदीको ट्विटर ह्यान्डलबाट अस्वाभाविक ट्वीट गरिएको थियो । जसमा लेखिएको थियो, ‘भारतले आधिकारिक रूपबाट बिटक्वाइनलाई मान्यता दिएको छ र सरकार ५०० बिटक्वाइन किनेर बाँड्दैछ ।’ २ मिनेटपछि यो ट्वीट डिलिट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फेरि २ः१४ मिनेटमा अर्काे ट्वीट गरिएको थियो, केही समयपछि त्यो ट्वीट पनि डिलिट गरियो । तर तबसम्म त्यसको ‘स्क्रीन सर्ट’ लिइसकिएको थियो ।
करीब १ घण्टापछि ३ः१८ मिनेटमा पीएमओले ट्वीट गर्दै मोदीको ह्यान्डलमाथि छेडछाड भएको जानकारी दिएको छ । अब मोदीको ह्यान्डल ह्याकरबाट नियन्त्रणमा लिइसकिएको समेत जनाइएको छ ।
मोदीको ह्यान्डललाई कसले ह्याक गर्यो भन्ने अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ह्याकरको स्रोत पत्ता लगाउन भारतीय विज्ञले नयाँ प्रविधिको प्रयोग गरिरहेका जनाइएको छ ।