०४ असार २०८३, बिहीबार

पुस १५–१७ गतेसम्म पोखरामा सडक महोत्सव हुने

मंसिर २६, २०७८
पुस १५–१७ गतेसम्म पोखरामा सडक महोत्सव हुने

अंग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा  प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान) द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

रेवानका अध्यक्ष लक्ष्मण बरालले भने, ‘कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौं, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौं ।’
 
२ दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्‍याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता, विक्रम संवत् २०७२ सालको भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’ भन्दै २३औं संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए ।

उनले गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोप समेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गरे । उनले पोखरा सुरक्षित र खुला भन्ने सन्देश पनि महोत्सवबाट जाने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्