१५ असार २०८३, सोमबार

ममता बनर्जीले आफ्नै पार्टीकी सांसदलाई बेस्सरी हकारेपछि... (भिडियो)

मंसिर २६, २०७८
ममता बनर्जीले आफ्नै पार्टीकी सांसदलाई बेस्सरी हकारेपछि... (भिडियो)

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ । 

त्यसमा उनले तृणमूल पार्टीकी सांसद महुआ मोइत्रालाई गाली गरिरहेको देखिन्छ । भिडियो पार्टी बैठकमा खिचिएको बताइएको छ । 

कृष्णनगरकी सांसद मोइत्रालाई पार्टीको समीक्षा बैठकमा ममताले माइकमा बोल्दै हकारेकी हुन् । 

मोइत्रालाई ममताले नादिया जिल्लाको राजनीतिबाछ टाढा रहन चेतावनी समेत दिएकी छन् । नादियामा निकाय चुनाव हुन लागेको छ र कार्यकर्ताहरूबीच रहेको तनाव घटाउन ममताले समीक्षा बैठक बोलाएकी हुन् । 

महुआ मोइत्रालाई ममताले गुटबन्दी नगर्न अनि पार्टी कार्यकर्ता र नेताहरूसँग मिलेर काम गर्न चेतावनी दिएकी हुन् । चुनाव आएपछि पार्टीले उम्मेदवारको आफैं निर्णय गर्ने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्