नेकपा एमालेले ९९ सदस्यीय रहने पोलिटब्युरो कमिटीका लागि ८० जनाको नाम प्रस्ताव गरेको छ ।
१९ जना पदाधिकारी स्वतः सदस्य रहने पोलिटब्युरोमा ८० जनाको नाम प्रस्ताव गरिएको हो ।
आइतवार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् ।
उपाध्यक्षमा पराजित घनश्याम भुसालदेखि केन्द्रीय सदस्यको शपथ लिन अस्वीकार गरेका लालबाबु पण्डितसम्म पोलिटब्युरो सदस्य बनेका छन् ।
प्रतिनिधि सभामा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीदेखि महासचिव शंकर पोखरेल पत्नी सुजिता शाक्य समेत पोलिटब्युरोमा समेटिएका छन् ।
एमालेले ४५ सदस्यीय स्थायी कमिटी पनि आजै गठन गरिएको छ ।
शनिवार शुरू केन्द्रीय कमिटीको बैठक आज समापन गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यी हुन् प्रस्तावित नाम
- गोकुल बाँस्कोटा
- महेश बस्नेत
- अरुण नेपाल
- देवी ज्ञवाली
- पर्शुमेघी गुरुङ
- पुरुषोत्तम पौडेल
- आनन्द पोखरेल
- लीला गिरी
- जगत विश्वकर्मा
- कमलप्रसाद चौलागाईं
- बालकृष्ण ढुंगेल
- ईश्वरबहादुर रिजाल
- जितबहादुर गौतम
- विनोद श्रेष्ठ
- सुमन प्याकुरेल
- भैरवसुन्दर श्रेष्ठ
- रामदयाल मण्डल
- दलबहादुर राना
- गोकुल घर्ती
- बैजनाथ चौधरी
- टुकराज सिग्देल
- लीलानाथ श्रेष्ठ
- खेममान खड्का
- राजेन्द्र रावल
- नारादमुनि राना
- लिलबहादुर थापा मगर
- सुजिता शाक्य
- ज्वालाकुमारी साह
- मोहन बानियाँ
- मञ्जुकुमारी चौधरी
- अच्युत मैनाली
- विशाल भट्टराई
- गणेश ठगुन्ना
- खिमलाल भट्टराई
- दधिराम न्यौपाने
- देवेन्द्र दाहाल
- रामेश्वर फुँयाल
- ठाकुर गैरे
- तिलकुमार मेयाङ्बो
- जुलीकुमारी महतो
- गौरी वली
- निरुदेवी पाल
- विमला घिमिरे
- लीलाकुमारी भण्डारी
- शान्ता चौधरी
- सीता गिरी वली
- नन्दलाल चौधरी
- कृष्णबहादुर राई
- गुलावजंग शाह
- लक्ष्मी पोखरेल
- सूर्यबहादुर थापा
- मनकुमार जैसी
- सुशीला नेपाल
- पार्वत गुरुङ
- घनश्याम भुसाल
- गुरु बराल
- देवराज घिमिरे
- भीम आचार्य
- लालबाबु पण्डित
- खगराज अधिकारी
- किरण गुरुङ
- काशीनाथ अधिकारी
- रघुजी पन्त
- भानुभक्त ढकाल
- मणिचन्द्र थापा
- शेरधन राई
- कृष्णगोपाल श्रेष्ठ
- यमलाल कँडेल
- अग्नि खरेल
- शम्भु साह
- डा राजन भट्टराई
- सीता पौडेल
- बिन्दा पाण्डे
- गोरखबहादुर बोगटी
- कर्णबहादुर थापा
- राजेन्द्र गौतम
- थममाया थापा
- शेरबहादुर तामाङ
- काशीनाथ अधिकारी
- हिक्मत कार्की