२८ जेठ २०८३, बिहीबार

कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेको दाबी गर्दै विद्यार्थीलाई सम्मान

मंसिर २६, २०७८
कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेको दाबी गर्दै विद्यार्थीलाई सम्मान

रूपन्देहीका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेको दाबी गर्दै उनीहरूलाई सम्मान गरिएको छ । 

तिलोत्तमा योगिकुटीस्थित तिलोत्तमा माविका व्यवस्थापन संकायका छात्र विक्रम तिवारी र छात्रा क्रिसला लामाले ३.९२ जीपीए ल्याएका छन् । 

उक्त अंक नेपालकै सबै विद्यालयका विद्यार्थीको भन्दा धेरै रहेको विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यले दाबी गरे । राष्ट्रिय परीक्षा बोर्डले यही मंसिर १७ गते परीक्षाफल सार्वजनिक गरेको थियो । 

कोरोना महामारीको कारण दुई पटक स्थगित भएको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । 

त्यस्तै विज्ञान संकायतर्फका विद्यार्थी असीम भण्डारीले ३.८६ जीपीए ल्याएर नेपाल द्वितीय भएको कलेजको दाबी छ । 

कलेजका ७६० विद्यार्थीमध्ये ७५६ जना विद्यार्थीले ३ जीपीएभन्दा माथि ल्याएका छन् । 

विद्यार्थी विक्रमले नियमित, परिश्रमी र इमान्दार भएर अध्ययन गर्ने हो भने सफलताको सिँढी चढ्न कुनै विशेष दिन कुर्नु नपर्ने बताए । 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यस्थापनसँगै बीबीएका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्