२९ जेठ २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन- साढे ३ घण्टा ढिला गरी शुरू भयो मतदान

मंसिर २७, २०७८
कांग्रेस महाधिवेशन- साढे ३ घण्टा ढिला गरी शुरू भयो मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो । 

सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिष्पर्धामा छन् । 

यस्तै शेखर प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजाल प्रतिष्पर्धामा छन् । प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । 

सभापतिका लागि भएको मतदानको गणना मतदान सकिएलगत्तै आजै गर्ने तयारी छ । सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात ५१ प्रतिशत ल्याउन नसके दोस्रो चरणमा गर्ने कांग्रेस विधानको व्यबस्था छ ।

मंसिर २४ गते शुरू भएको कांग्रेसको चौधौं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्