२९ जेठ २०८३, शुक्रबार
कांग्रेश महाधिवेशन

कांग्रेस महाधिवेशन– एक घन्टापछिमात्रै मतदान शुरू हुने

मंसिर २७, २०७८
कांग्रेस महाधिवेशन– एक घन्टापछिमात्रै मतदान शुरू हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । 

मतदान बिहान ८ बजेदेखि शुरू हुने भनिएपनि एक घन्टापछि मात्रै शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

आन्तरिक तयारी र चिसोका कारण मतदान ढिलागरी शुरू गर्न लागिएको समितिको भनाइ छ ।

महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदैछ । 

मतदान स्थलमा महाधिवेशन प्रतिनिधीहरू लाइन लागेर बसेका छन् । 

महाधिवेशनमा आज एक सभापति, दुइ उपसभापति, दुइ महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो । 

सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिष्पर्धामा छन् । 

यस्तै शेखर प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजाल प्रतिष्पर्धामा छन् । प्रकाशमान सिंह प्यानलबाट उपसभापतिा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । 

सभापतिका लागि भएको मतदानको गणना मतदान सकिएलगत्तै आजै गर्ने तयारी छ । सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात ५१ प्रतिशत ल्याउन नसके दोस्रो चरणमा गर्ने कांग्रेस विधानको व्यबस्था छ ।

मंसिर २४ गते शुरु भएको कांग्रेसको चौधौ महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्