२९ जेठ २०८३, शुक्रबार

कट्रिना कैफको विवाहको थप तस्वीर सार्वजनिक

मंसिर २७, २०७८
कट्रिना कैफको विवाहको थप तस्वीर सार्वजनिक

बलिउड अभिनेताहरू कट्रिना कैफ र विकी कौशलको विवाहका तस्वीरहरू धमाधम सार्वजनिक भइरहेका छन् । 

गत बिहीवार विवाहबन्धनमा बाँधिएका कट्रिना र विकीको विवाह समारोह राजस्थानस्थित सवाई माधोपुरमा रहेको सिक्स सेन्सेस किल्लामा भएको थियो । 

कट्रिनाले ताजा तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी हुन् । उनका ६ दिदीबहिनीले उनलाई मण्डपमा ल्याएको तस्वीरमा देखिन्छ । फूलको क्यानोपी कट्रिनाको शिरमाथि उनीहरूले राखेका थिए । 

डिजाइनर सव्यसाचीले बनाएको दुलहीको वस्त्रमा कट्रिना सजिएकी देखिन्छ । उनको लहंगाको सुनौलो जरी निकै सुन्दर देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्