
कांग्रेस सभापतिका उम्मेदवारद्वय डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच मतदान स्थलमा जम्काभेट भएको छ ।
पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनमा मतदानका लागि पुगेका शेखर र निधिबीच सोमवार मतदानस्थलबाहिर जम्काभेट भएको हो ।
सो क्रममा पत्रकारहरूले केही प्रतिक्रिया दिन आग्रह गर्दा निधिले आफूहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए ।
त्यसअघि लोकान्तरलाई प्रतिक्रिया दिँदै निधिले सभापतिको निर्वाचन दोस्रो चरणमा गए आफूले के गर्ने भन्नेबारे भोलि भन्ने बताएका थिए ।
आइतवार भृकुटीमण्डपमै पत्रकारहरूसँग कुरा गर्दै निधिले दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुने बताएका थिए ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको खण्डमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने वैधानिक व्यवस्था छ ।