
काठमाडौं, १७ पुस-टर्कीको स्तानबुलमा नयाँ वर्ष मनाउन गएकाहरु माझ एक नाइट क्लबमा गोली चलेको छ । गोली चल्दा ३५ जनाको मृत्यु भएको छ ।
टर्कीको समाचार संस्था एनटीवीका अनुसार एक हमलाकारीले नाइटक्लबमा पसेर अन्धधुन्ध गोली चलाएका थिए ।
नयाँ वर्ष मनाउन उक्त नाइट क्लबमा सायौं मानिसहको उपस्थिति रहेको बताइएको छ ।
टिभीमा देखाइएको फुटेजहरुमा क्लबको बाहिर प्रहरीको गाडी र एम्बुलेन्सहरु रहेका छन् ।
इस्तानबुलमा कयौं दिनदेखि आतंककारी हमलाको आशंमामा उच्च सुरक्षा सतकर्ता अपनाइएको थियो । १७ हजार प्रहरी चोक चोकमा परिचालन गरिएको थियो ।