२९ जेठ २०८३, शुक्रबार

शेयर बजारमा पहिरो, ७९ अंकले घट्दै नेप्से २२८१ विन्दुमा, कारोबार रकम ३ अर्ब ९९ करोड

मंसिर २७, २०७८
शेयर बजारमा पहिरो, ७९ अंकले घट्दै नेप्से २२८१ विन्दुमा, कारोबार रकम ३ अर्ब ९९ करोड

आइतवार जस्तै सोमवार पनि शेयर बजारमा पहिरो गएको छ ।

सोमवार नेप्से परिसूचक ७९.५७ अंकले घट्दै २२८१.६७ विन्दुमा झरेको छ ।

अघिल्लो दिन आइतवार पनि शेयर बजार ८० अंकभन्दा बढीले घटेको थियो । 

यस दिन सेन्सेटिभ परिसूचक १२.४७ अंकले घट्दै ४३७.५९ विन्दुमा झरेको छ ।

शनिवार एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेयर बजारबारे नकारात्मक टिप्पणी गरेका थिए । 

उनको  भनाइका कारण लगानीकर्ताहरू निराश भएका छन् । 

सोमवार २ सय ३३ कम्पनीले शेयर कारोबार गरेका थिए । जसमध्ये ५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यस्तै १ सय ८२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

यस दिन २ सय ३३ कम्पनीको ९६ लाख ७९ हजार कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

यस दिन गोर्खाज् फाइनान्स लिमिटेडको शेयर मूल्य सर्वाधिक बढी ९.४७ प्रतिशतले वृद्धि भएको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले घटेको छ ।

यस्तै सोमवार कारोबार रकमका आधारमा नविल बैंक लिमिटेडको सर्वाधिक धेरै १८ करोड ३ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

शनिवार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । 

प्रचण्डको अभिव्यक्तिमाथि लगानीकर्ता र अन्य सरोकारवाला व्यक्तिहरूले चर्को विरोध गरिरहेका छन् । 

आफ्नो अभिव्यक्तिको चर्को आलोचनापछि  प्रचण्डको सचिवालयले यसबारे आफ्नो धारणा समेत सार्वजनिक गरेको छ । 

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही भएको बताए । 

उनले अहिलेको नेपाली पुँजीरशेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका हुन् । स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरूको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्