०७ असार २०८३, आइतबार

लिङ्देनलाई बधाई दिँदै कमल थापाले भने- निर्मल निवासबाट कोही सुरक्षित छैन, तपाईं पनि शिकार हुनुहुनेछ

मंसिर २७, २०७८
लिङ्देनलाई बधाई दिँदै कमल थापाले भने- निर्मल निवासबाट कोही सुरक्षित छैन, तपाईं पनि शिकार हुनुहुनेछ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । 

अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको पत्रमा थापाले लिङ्देनलाई सचेत पनि गराएका छन् । 

‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्छ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन,’ पत्रमा लेखिएको छ, ‘तपाईं पनि हुनुहुन्न । तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलोचाँडो तपाईं पनि यो प्रवृत्तिको शिकार अवश्य हुनुहुनेछ ।’

यस्तै उनले पार्टीलाई रिमोर्ट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारे पार्टीभित्र बहस शुरू गर्न पनि आग्रह गरेका छन् । 

कमेन्ट गर्नुहोस्