१० असार २०८३, बुधबार

कञ्चनपुरमा ६९ हजार मेट्रिक टन धान क्षति

मंसिर २७, २०७८
कञ्चनपुरमा ६९ हजार मेट्रिक टन धान क्षति
प्रतिकात्मक तस्वीर

गत कात्तिक पहिलो हप्ता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिक टन धान क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. डिलबहादुर विष्टले यस पटक १ लाख ९३ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

‘उत्पादन भएकोमध्ये ६९ हजार २७३ मेट्रिक टन क्षति भयो,’ उनले भने, ‘कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमध्ये करीब ३५ प्रतिशत क्षति हुन पुग्यो ।’

धान खेती समेट्ने बेला आएको वर्षातले खेतमै धान कुहिनुका साथै बाढीले बगाएर लगेको थियो । खेतीको विवरण संकलन गरिए पनि किसानले सरकारबाट अहिलेसम्म राहत भने पाएका छैनन् । यहाँबाट लगत संकलन गरेर प्रदेश कृषि मन्त्रालयमा पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्