३१ जेठ २०८३, आइतबार

कांग्रेस सभापतिको मतगणना राति २ बजेपछि मात्र शुरू हुने

मंसिर २७, २०७८
कांग्रेस सभापतिको मतगणना राति २ बजेपछि मात्र शुरू हुने

नेपाली कांग्रेसको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना राति २ बजेपछि मात्र शुरू हुने भएको छ ।

मतदानमा ढिलाइ भएपछि मतगणना पर धकेलिएको हो । यसअघि राति १ बजेबाट मतगणना शुरू गर्ने भनिएको थियो ।

राति २ बजेबाट सभापतिको मत गन्न शुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्‍टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएका छन् ।

भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

सभापतिको मतगणना राति नै शुरू भएपनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतपत्र भने पार्टी कार्यालय सानेपामा लगेर राखिने निर्वाचन समितिले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्