२९ जेठ २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : ४६ सय ७९ जनाले गरे मतदान, ६४ भोट खसेन

मंसिर २८, २०७८
कांग्रेस महाधिवेशन : ४६ सय ७९ जनाले गरे मतदान, ६४ भोट खसेन

नेपाली कांग्रेसको १४ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान सम्पन्न भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको हो ।

बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे ।

भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

सभापतिको मतगणना आजै राति शुरू गर्ने तयारी छ ।

मुचुल्कालगायतका प्रक्रिया सकिएपछि राष्ट्रिय सभागृहमै मतगणना हुने कांग्रेसले जनाएको छ ।

सबै तयारी सकेर राति २ बजेबाट मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतपत्र भने पार्टी कार्यालय सानेपामा लगेर राखिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्