०४ असार २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

कांग्रेस निर्वाचन– बिहान पौने ४ बजेदेखि शुरू भयो सभापतिको मतगणना

मंसिर २८, २०७८
कांग्रेस निर्वाचन– बिहान पौने ४ बजेदेखि शुरू भयो सभापतिको मतगणना

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणना ढिलो गरी शुरू भएको छ ।

मंगलवार बिहान २ बजेदेखि शुरू गर्ने भनिएपनि मतगणना बिहान पौने ४ बजेमात्रै शुरू भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमवार बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको हो ।

बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे ।

भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्