२९ जेठ २०८३, शुक्रबार

कांग्रेस निर्वाचन : सानेपा लैजाने मतपेटिकामा बलियो शिलबन्दी नभएको भन्दै संस्थापन इतरको असहमति

मंसिर २८, २०७८
कांग्रेस निर्वाचन : सानेपा लैजाने मतपेटिकामा बलियो शिलबन्दी नभएको भन्दै संस्थापन इतरको असहमति

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमवार सम्पन्न मतदानपछि सानेपा लैजाने तयारी गरिएको मतपेटिका बलियो गरी शिलबन्दी नगरिएको भन्दै संस्थापनइतर पक्षले असहमति जनाएका छन् । 

संस्थापन इतर पक्षले असहमति जनाएपछि मतपेटिकाको पुन शिलबन्दी गरिएको हो ।

सभापतिको मतगणना नहुँदासम्म सो मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

कुल ८७ वटा मतपेटिकामध्ये ८४ वटा मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपा लैजान लागिएको हो।  

१५ वटा गाडीमा राखेर सानेपा लगिने उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखिने बताइएको छ । 

सभापतिको मतगणना आइसकेपछि मात्रै सानेपामा राखिने सो मतपेटिकाको मत गणना गरिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्