२८ जेठ २०८३, बिहीबार

सिद्धार्थ राजमार्ग १५ दिन रातिमा बन्द हुने

मंसिर २८, २०७८
सिद्धार्थ राजमार्ग १५ दिन रातिमा बन्द हुने
फाइल तस्वीर।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड मंगलवारदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । 

रातको समयमा सडक चौडा गर्ने काम भएकाले पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए । 

चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुंगा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताए । 

बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालीमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बुलुका ९स्३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताए । 

रातिको समयमा सवारी बन्द गरेर काम गर्दा यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने भएकाले दिउँसोमा यात्रा गर्न अनुरोध गरिएको प्रमुख लम्सालले बताए । 

पाल्पा, गुल्मी, स्याङ्जातर्फ सवारी आवागमन गर्ने प्रमुख सडकका रूपमा सिद्धार्थ राजमार्ग रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्