२८ असार २०८३, आइतबार

महजोडी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

मंसिर २८, २०७८
महजोडी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

नेपाल टेलिकमले चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य ‘महजोडी’ लाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ ।  

टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । 

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्