२४ जेठ २०८३, आइतबार
कांग्रेस महाधिवेशन

कांग्रेस निर्वाचन : २ मतले गच्छदारलाई हराउँदै उपसभापति निर्वाचित भए धनराज गुरुङ, पुर्णबहादुर खड्कालाई २१२१ मत

पुस १, २०७८
कांग्रेस निर्वाचन :  २ मतले गच्छदारलाई हराउँदै उपसभापति निर्वाचित भए धनराज गुरुङ,  पुर्णबहादुर खड्कालाई २१२१ मत

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।

मतगणनामा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बिहीवार बिहान २ बजे सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा धनराज गुरुङले विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेका छन् ।

गुरुङले १९०८ मत ल्याएर उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत ल्याएका छन् । उनीहरूबीचको मतअन्तर २ मात्रै छ ।

सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन्।  

उपसभापतिमा पूर्णबहादुर खड्काले २१२१,  विजयकुमार गच्छदारले १९०६ , धनराज गुरुङले १९०८ र  डा. चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।

उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा रहेको थियो ।

यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्