०५ असार २०८३, शुक्रबार

रोजगारीमा पठाउँदा अवाञ्छित गतिविधि गर्नेलाई कडा कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी

रोजगारीमा पठाउँदा अवाञ्छित गतिविधि गर्नेलाई कडा कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालका पदाधिकारीबाट बुधवार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै  वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको जानकारी गराए ।

उनले वैदेशिक रोजगारीमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौती समाधान गर्न सकिने बताए ।

सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानूनी कामहरूलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी गठन गर्ने योजना रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्