०१ असार २०८३, सोमबार

वसुन्धराको परिवारलाई प्रवासबाट ३ लाख ४५ हजार सहयोग

वसुन्धराको परिवारलाई प्रवासबाट ३ लाख ४५ हजार सहयोग
प्रतिकात्मक तस्वीर

प्रवासमा रहेका युवाले बागलुङको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

रोजगारीको सिलसिलामा जापानमा रहेका युवाले गलकोट नगरपालिका–७ आँगाखेतकी वसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । 

विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट–७ मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनीहरूले ३ लाख ४५ हजार रुपैयाँ केसी परिवारलाई हस्तान्तरण गरेका थिए । 

वडाध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हीराबहादुर थापाले केसी परिवारलाई संयुक्तरूपमा रकम हस्तान्तरण गरे ।

जापानमा रहेका मल्मबासीसँगै गलकोटे नागरिकले आफूसक्दो आर्थिक सहयोग गरेका थिए । मृतक केसीको कलेजो, मिर्गौला र टाउकामा जटिल समस्या थियो । केसीको उपचारमा सहयोग गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर संकलन भएको रकम उनको मृत्युपछि परिवारलाई हस्तान्तरण गरिएको हो । 
 
सहयोग संकलनकै क्रममा उपचारमा रहेकी केसीको मृत्यु भएकाले जीवन रक्षाका लागि गरेको प्रयास असफल भएको प्रकाशले बताए । विदेशमा संकलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । उपचारकै क्रममा केसीलाई समाजका तर्फबाट २५ हजार रुपैयाँसहित संस्थाका पदाधिकारीले ९६ हजार रुपैयाँ सहयोग गरेका थिए । बाँकी रकम १३औं दिनको पुण्यतिथिमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडकबहादुर थापाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्