१२ असार २०८३, शुक्रबार
कांग्रेस महामन्त्रीको मतगणना

६०० मतपत्र गन्दा गगनलाई ३८९, विश्वप्रकाश दोस्रो र प्रदीप तेस्रोमा

६०० मतपत्र गन्दा गगनलाई ३८९, विश्वप्रकाश दोस्रो र प्रदीप तेस्रोमा

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

६०० मत गन्दा गगनले ३८९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले २२९, प्रदीप पौडेलले २०६, प्रकाशशरण महतले १९३ र मीनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका लागि  एउटा मतपत्रमा दुईवटा सम्म मत दिने पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जित हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्