०५ साउन २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

मतगणना अपडेट २७२० : एक तिहाइभन्दा बढी मत गन्न बाँकी छँदै गगन जीततर्फ अग्रसर

मतगणना अपडेट २७२० : एक तिहाइभन्दा बढी मत गन्न बाँकी छँदै गगन जीततर्फ अग्रसर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

२७२० मत गन्दा गगनले १७७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ११०९, डा. प्रकाशशरण महतले ८९९, प्रदीप पौडेलले ८१९, मीनेन्द्र रिजालले ४५६ र डा. राजाराम कार्कीले ६७ मत प्राप्त गरेका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्