१५ असार २०८३, सोमबार

इंग्ल्यान्डका विकेटकीपर बटलरले समाते अद्भुत क्याच (भिडियो)

पुस १, २०७८
इंग्ल्यान्डका विकेटकीपर बटलरले समाते अद्भुत क्याच (भिडियो)

इंग्ल्यान्ड क्रिकेट टीमका विकेटकीपर जोस बटलरले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा बिहीवार अद्भुत क्याच समातेका छन् । 

आफूभन्दा चार फीट पर रहेको बललाई उनले हावामा उडेर एक हातले समातेका हुन् । बटलरले दाहिनेतर्फ डाइभ हानेर मार्कस ह्यारिसलाई आउट पार्ने क्याच समातेका हुन् । 

दोस्रो टेस्ट म्याच दिनरात खेलिनेछ र पिंक बलको उपयोग गरिएको छ । म्याचको आठौं ओभरमा इंग्ल्यान्डका बलर स्टुआर्ट ब्रोडले तेस्रो बलमा राउन्ड द विकेट बलिङ गरे । बल अनसाइडतिर गइरहेको थियो । 

बलमा ह्यारिसले ठूलो शट लगाउन खोजेका थिए तर त्यो ब्याटको छेउमा लागेर दाहिनेतर्फ गयो । बल लेग स्लिप र विकेटकीपरबीचबाट जाँदै गर्दा बटलरले हावामा उडेर क्याच समातेका हुन् । उनले एक हातले पञ्जामा बल पार्न सफलता पाएका हुन् । 

ह्यारिस जम्मा तीन रन बनाएर आउट भए । 

समाचार तयार पार्दासम्म अस्ट्रेलियाले ५१ ओभरमा एक विकेटको क्षतिमा १२२ रन बनाएको छ । डेभिड वार्नर र मार्नस लाबुसाग्नेबीच ११८ रनको साझेदारी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्