२५ जेठ २०८३, सोमबार

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको बताएका छन् । 

युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी भएकोमा शुभकामना दिँदै पौडेलले अब वैचारिक रुपान्तरणको आवश्यकता भएको बताएका हुन् । 

‘पार्टीमा नयाँ र पुराना नेताबीचको मिश्रण भएको छ,’ उनले भने, ‘अब कांग्रेसमा विधि र व्यवस्था कडाइका साथ लागू हुन्छ ।’

साथै उनले आफू महामन्त्रीमा पराजित भए पनि पार्टीलाई संगठित, सुदृढीकरणमा साथ र सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्