
मनकामना केबलकारको स्तरोन्नतिका लागि आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको छ ।
केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने छ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीवारबाट केबलकार सेवा नियमित शुरूवात गर्ने कम्पनीले जनाएको छ ।
उक्त अवधिभर केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहने छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।
लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ । साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरू पनि स्तरोन्नति गर्ने जनाइएको छ ।
चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना थियो ।
कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साविककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ ।