०१ असार २०८३, सोमबार

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल, अब मोबाइल एपबाट पनि सपिङ गर्न पाइने

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल, अब मोबाइल एपबाट पनि सपिङ गर्न पाइने

२०७७ भदौ ३० मा पहिलो आउटलेट खोलेर शुरू भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्धतामा हस्ताक्षर गरेका हुन् ।  

काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट शुरूवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सञ्चालन गर्दै काँकडभिट्टादेखि दार्चुला अनि जिरीदेखि ढल्केबर पुग्न सफल भएको दाबी गरिएको छ । 

साथीमार्टका अनुसार आधिकारिक वेबसाइट www.saathimart.com मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ । हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्