३१ जेठ २०८३, आइतबार

मन्त्रीको शपथमा समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

मन्त्रीको शपथमा समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले प्रदेश प्रमुखको कार्यालय मकवानपुरमा बागमती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति खेद प्रकट गरेको छ ।  
    
महासंघले प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र त्यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । 

‘सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु खेदजनक हुनुका साथै प्रेस स्वतन्त्रमाथिको ज्यादती हो,’ महासंघद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

महासंघ मकवानपुर शाखाका अनुसार मंसिर २८ गते भएको बागमती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिएर निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्