
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पार्टीका नयाँ नेतृत्वले सरकारी वेतनधारीका युनियन र दलीय पेशागत संगठनहरूको ‘कलंक’ खारेज गर्न अग्रसरता लिनुपर्ने बताएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्षहरूलाई शुभकामना दिँदै उनले ट्वीटरमा लेखेका छन्, ‘नयाँ नेतृत्वले देशलाई शीरमा राखून् । सरकारी वेतनधारीका युनियन तथा ‘दलीय’ पेशागत संगठनको ‘कलंक’ खारेज गर्न अग्रसरता लिऊन् ।’
अन्यथा नेतृत्व परिवर्तनबाट जति उत्साहित भए पनि कसैले यो देशमा सुशासन दिने कल्पना नगरे हुने उनको भनाइ छ ।