०९ असार २०८३, मंगलबार

स्वावलम्बन लघुवित्तको २५% लाभांश सुरक्षित गर्ने अन्तिम दिन

स्वावलम्बन लघुवित्तको २५% लाभांश सुरक्षित गर्ने अन्तिम दिन

स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले भोलि (मंगलवार) देखि साधारण सभा सम्पन्न हुने दिनसम्म साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ।

तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।

लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९४ करोड ३० लाखको १९% अर्थात रु.१७ करोड ९१ लाख ७० हजार बराबरको बोनस शेयर तथा ६% अर्थात रु.५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्न लागेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको मिति २०७८ पौष १५ गते हुने २०औं वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

salt training

कमेन्ट गर्नुहोस्