×

NMB BANK
NIC ASIA

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

पुस ५, २०७८

NTC
Premier Steels

बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ ।

Muktinath Bank

सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बनाएर एक हजार दुई सय बर्गमिटर कालोपत्रे गरिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

    जोखिमयुक्त दुई स्थापनमा मेसिनरी पर्खाल निर्माण भएको छ । नगरपालिकाको ३० र सडक बोर्डको ७० प्रतिशत लागत साझेदारीमा योजना निर्माण गर्न सोमरस निर्माण सेवा खबराले गत बैशाख महिनामा रु तीस लाख ७१ हजारमा ठेक्का सम्झौता गरेको थियो । कूल रु ४७ लाख ५९ हजार ६१७ मा लागत अनुमान गरिएको थियो । दुई महिनाको म्याद भएको आयोजना कोरोनाको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण म्याद थपिएको थियो । एक हप्ता अघिनै सम्झौता अनुसारको काम सकेपनि भुक्तानी नपाएको सोमरस निर्माण कम्पनीका सञ्चालक प्रबिन सापकोटाले जानकारी दिए ।

Vianet communication

     बोर्डले बजेट पठाउन ढिलाई गर्दा भुक्तानीमा समस्या भएको हो । यो सडक  नगरपालिकाको ६, ५, ९, १०, रघुगंगाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने बेनी–पाखापानी सडकको प्रवेश बिन्दुमा पर्छ ।

विसं २०७३ मा गरिएको कालोपत्रे बाढी र पहिरोले उक्किएर जिर्ण बनेपछि दोस्रो पटक कालोपत्रे भएको हो । यसैबीच महारानीथान र कुरिलाखर्कको बाढी ब्यवस्थापन तथा पहिरो नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि रु ५५ लाख ८७ हजार सत्तरी रुपैयाँ लागत अनुमानको ठेक्का प्रस्ताव आव्हान भएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x