२५ जेठ २०८३, सोमबार

नेपाल क्लियरिङ्ग हाउस् 'डिजिटल सर्भिसेज् आईसीटी अवार्डस् २०२१' बाट सम्मानित

नेपाल क्लियरिङ्ग हाउस् 'डिजिटल सर्भिसेज् आईसीटी अवार्डस् २०२१' बाट सम्मानित

लिभिङ वीथ आईसीटीद्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको 'आईसीटी अवार्डस् २०२१' अन्तर्गत 'डिजिटल सर्भिसेज् आईसीटी अवार्डस् २०२१' को विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई प्रदान गरी सम्मानित गरिएको छ ।

 पौष २ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो, जस अन्तर्गत “डिजिटल सर्भिसेज्” को विधामा एनसीएचएललाई अवार्ड प्राप्त गरेको हो । 

डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । 

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग ९एनसीएचएल–इसीओ०, अन्तर्बैंक विद्युतीय भुक्तानी ९एनसीएचएल–आईपीएस०, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस ९ल्एक्ष्० र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्‍याउदै आएको छ । 

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ ।  

हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्