प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमवार बोलाइएको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ ।
बैठक शुरू हुने बित्तिकै एमालेका सांसदहरूले उठेर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका हुन् ।
संसद अवरुद्ध पार्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक चल्न नसक्ने पार्टीको अडान राखेका थिए । उनले सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग सम्बोधन गर्न वार्तासमेत गर्न नचाहेको भन्दै आपत्ति जनाए ।
सांसद दाहालले आफ्नो पार्टीले कारवाही गरेका सांसदहरुलाई संसदमै राखेर आफूहरूले सदन चल्न दिन नसक्ने पनि दोहोर्याएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूलाई सदन सञ्चालनका लागि सहज बनाई दिन पटक–पटक आग्रह गरेका थिए ।