०१ असार २०८३, सोमबार

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ सम्पन्न

आई एम ई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । 

‘ह्याण्ड इन ह्याण्ड फर एन एक्सलेन्ट फ्युचर’ नारा सहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरी रहेका २४ हजार ५ सय अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आई एम ई  लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता , विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय  उपस्थिती थियो । आईएमई ग्रुपका म्यानेजिंग डाइरेक्टर हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । उनीहरुले यस्ता कार्यक्रमले आई एम ई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरे ।

आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । 

उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्वारा एमडीआरटीलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । 

कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरे । 

त्यस्तै कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पुर्‍याएको बताए ।

समापनको अवसरमा संचालक अश्विीनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्बन्धित सबै प्रति कृतज्ञता व्यक्त गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्