२४ जेठ २०८३, आइतबार

एसिया कप खेल्ने यू–१९ क्रिकेट टीमको बिदाइ

एसिया कप खेल्ने यू–१९ क्रिकेट टीमको बिदाइ

यूएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टीमलाई बिदाइ गरिएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टीमलाई बिदाइ गरे ।

डिसेम्बर २३ देखि यूएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टीमलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गरे । सधैंझैं यस पटक पनि नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिए ।

एसिया कपमा नेपालसँगै आयोजक यूएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने नेपाली टीम सोमवार राति नै यूएई प्रस्थान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्