१२ साउन २०८३, मंगलबार

झापामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

झापामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

झापामा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । झापा गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कपमा दमक नगरपालिका, षडानन्द नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् ।

दमक नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भोजपुरको षडानन्दले झापाको कनकाई नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो । यस्तै झापा गाउँपालिकाले बाह्रदशीलाई ३–१ सेटले हराएको हो ।

प्रतियोगिताको विजेताले रु एक लाख ५१ हजार तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोली सहभागी रहेको आयोजकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्