
डाबर नेपालले बीर अस्पताललार्य २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण सहयोग गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि डाबरले २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हो ।
डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राना र नेपाल तथा म्यानमारका व्यापार प्रमुख एच.एस. बेदीले वीर अस्पतालमा चिकित्सा उपकरण हस्तान्तरण गरेका थिए ।
डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक सहित हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने,‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’