०१ असार २०८३, सोमबार

४ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष ७ देखि २३ गतेसम्म, गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष ७ गते देखि १६ गतेसम्म, एनएमबि बैंक लिमिटेडले पौष ७ गते र नेपाल एसबिआई बैंक लिमिटेडले पौष ७ गते देखि २० गतेसम्म साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्।

तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।

छिमेक लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ८३ करोडको २७% ले हुन आउने रु.४९ करोड ४१ लाख बराबरको बोनस शेयर र ३% ले हुन आउने रु.५ करोड ४९ लाख बराबरको नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न लागेको हो।

गणपति लघुवित्तले चुक्ता पूँजी रु.१२ करोड ७३ लाख ५६ हजार ७ सय ५० को १९% अर्थात रु.२ करोड ४१ लाख ९७ हजार ७ सय ८२.५० बराबरको बोनस शेयर तथा १% अर्थात रु.१२ लाख ७३ हजार ५ सय ६७.५० बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न लागेको हो।

यस्तै, एनएमबि बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८ सय ५२.६६ को १२.५% अर्थात रु.२ अर्ब ४ करोड ७ लाख ४५ हजार १ सय ६.६ बराबरको बोनस शेयर तथा ३.३% अर्थात रु.५३ करोड ८७ लाख ५६ हजार ७ सय ८.१४ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।

नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८ सय ८७ को ५.३१% अर्थात रु.५० करोड ४१ लाख ८ हजार ९ सय ८५.८० बराबरको बोनस शेयर तथा १.८१% अर्थात रु.१७ करोड १८ लाख ३३ हजार ७ सय ५९.७५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्न लागेको हो। ।

salt training

कमेन्ट गर्नुहोस्