०१ असार २०८३, सोमबार

एक करोडले डाउनलोड गरे हाम्रो नेपाली किबोर्ड एप

एक करोडले डाउनलोड गरे हाम्रो नेपाली किबोर्ड एप

नेपालकै लोकप्रिय एपमध्येको एक हाम्रो नेपाली किबोर्डको गुगल प्ले स्टोरमा एक करोड डाउनलोड भएको छ । २०१४ देखि शुरू भएको हाम्रो नेपाली किबोर्ड एक करोड डाउनलोड भएको हाम्रो पात्रोले जनाएको हो ।

'फेसबुक र स्मार्ट फोन आउने क्रममा नेपाली लेख्न नमिल्ने अवस्था थियो र धेरैले रोमन नेपालीमै लेख्नुपर्ने थियो तर लेख्न सजिलो भने थिएन,' हाम्रो पात्रोले भनेको छ,' त्यही असहजतालाई मध्यनजर गर्दै २०१४ मा हाम्रो पात्रो नेपाली किबोर्ड आयो र धेरैको लागि नेपालीमा टाइप गर्न प्रयोग गर्न सजिलो भयो । नेपाली भाषीको लागि यो अत्यन्त महत्त्वपूर्ण कुरा थियो, त्यहि हाम्रो नेपाली किबोर्ड अहिले एक करोड डाउनलोड भएको छ ।'

रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले सबैभन्दा छोटो अवधिमै  १० लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो ।  योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् । यसअघि हाम्रो पात्रो एपले यो सफलता पाइसकेको छ । 
 
एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।

यसमा बोलेर टाइप गर्ने सुविधा, मोबाइल अनुसार किबोर्डको आकार  चाहे जस्तो सानो या ठूलो बनाउन सक्ने सुविधाका साथ स्टिकर्स र चाहे अनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ ।

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले भने ।

हाम्रो नेपाली किबोर्ड यहाँ क्लिक गरेर राख्न सकिन्छ  ।


 

salt training

कमेन्ट गर्नुहोस्